काठमाडौं – १४औं महाधिवेशनको कार्यतालिका हेरफेर र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । कांग्रेस नेतृ पुष्पा भुसालले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठकमा खासगरी १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । ‘बैठकमा खास रुपमा महाधिवेशन कार्यतालिकाबारे नै छलफल हुने हो,’ नेतृ भुसालले भनिन्, ‘क्रियाशील सदस्यता विवरण कतिपय जिल्लाहरुबाट आइसकेको छैन । यसबारे छलफल हुन्छ ।’
यसअघि कांग्रेसले चैत १० गतेसम्म क्रियाशील सदस्यता विवरण कांग्रेस केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने भनेको थियो । तर, हालसम्म कतिपय जिल्लाहरुबाट विवरण आइनसकेको नेतृ भुसालले बताइन् । उनले भनिन्, ‘नपठाउने जिल्लाहरुको हकमा के गर्ने ? भन्ने विषयमा खास रुपमा छलफल हुन्छ ।’
शुक्रबार दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेतृ भुसालले बताइन् । ‘आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सत्ता समीकरण र माओवादी, जसपालगायतका दलसँग भएको वार्ताबारे पनि छलफल हुन्छ ।’
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्