ओली सरकारले सपना बाड्ने बाहेक विकासको नाममा सिन्को सम्म भाँचेन: महामन्त्री कोइराला

ओली सरकारले सपना बाड्ने बाहेक विकासको नाममा सिन्को सम्म भाँचेन: महामन्त्री कोइराला

बुटवल

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली नेतृत्वको सरकारले चुनाव गराए सर्वनाश हुने बताए ।उनँले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले मात्रै चुनाव गराउनुपर्ने तर्क पेश गरे।

शनिबार रुपन्देहीको मायादेवीमा आयोजित कांग्रेसको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ‘ओली नेतृत्वको सरकारले सपना बाड्ने बाहेक विकासको नाममा सिन्को सम्म नभाँचेको बताए ।

कांग्रेस नेतृत्वमा सरकार गठनको प्रयास भैरहेको भन्दै उनले कांग्रेस नेतृत्वमा तीन दलको सरकार बनाएर चुनावमा जानुपर्नेमा जोड दिए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी शर्मा ओली मधेस र मधेसी जनताको बिरोधी भएको आरोप लगाए ।

कार्यक्रममा संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत शाह,संघीय सांसद प्रमोद यादव,लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्यीन खाँन,प्रदेश सभा सदस्य अष्टभुजा पाठक,वसिउद्यीन खाँन,पुष्पा चौधरी,पूर्व राज्यमन्त्री अब्दुल रज्जाक रुपन्देही पार्टी सचिव रामकृष्ण खाँण लगायतले काँग्रेस अब निर्णायक शक्तिका रुपमा नेपाली जनतामाँझ आउने बताए । सो अवसरमा अन्य पार्टी छाडेर १ हजार ६ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको काँग्रेस पार्टीले जनाएको छ ।

 

प्रकाशित मिति : शनिबार, चैत्र २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij