बुटवल-नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सूजाता कोईरालाले कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताएकि छन । प्रधानमन्त्री केपीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको बताउँदै असफल सरकार र त्यसको अवसफल नेतृत्वका बिरुद्ध सबै मिलेर लड्नुपर्ने बताएकी छिन । मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नको लागि नेपाली काँग्रेस एकजुट हुनु पर्ने समेत उनले भनाई राखिन।
नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तर बिद्यालय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नेतृ कोईरालाले मुलुकको समृद्धि र बिकासको लागि गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताइन । गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकताको नीतिकै कारण तत्कालिन विद्रोही माओवादीलाई शान्तिको बाटोमा रुपान्तरण गर्न सकिएको बताउँदै मुलुकको बिकास र समृद्धिको लागि सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताएकी हुन ।
प्रतिष्ठान रुपन्देहीका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिपि अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरी, जिपि फाउण्डेसन लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठ, महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराई लगायतले भनाई राखेका थिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्