JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उवासंघमा मनोनित सल्लाहकार तथा सदस्यहरुलाई स्वागत : परामर्शदाता चयन

बुटवल उवासंघमा मनोनित सल्लाहकार तथा सदस्यहरुलाई स्वागत : परामर्शदाता चयन

 

बुटवल –बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा मनोनित सल्लाहकार तथा सदस्यहरुलाई स्वागत गर्नुकासाथै परामर्शदाता चयन गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकमा सल्लाहकार तथा सदस्यहरुलाई स्वागत गर्नुका साथै परामर्शदाता चयन गरिएको हो ।

संघको पहिलो कार्यसमितिको बैठकले संघको सल्लाहकारमा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ र महेशमान सिंहलाई चयन गरेको थियो भने कार्यसमिति सदस्यमा उद्योगतर्फबाट अनिलप्रसाद श्रेष्ठ, बाणिज्यतर्फबाट सुरज भट्टराई र कृषि तर्फबाट बसन्त ढकाललाई मनोनित गरिएको थियो । सोमबार बसेको दोस्रो कार्यसमिति बैठकले संघको परामर्शतादाहरु चयन गरेको हो । बैठकले राजश्वतर्फ सिए हरि लम्साल, कानुनतर्फ बाबुराम पाण्डे, आर्थिकतर्फ राजेन्द्र वझा, वित्तियतर्फ प्रदिपकुमार श्रेष्ठ, कृषित तर्फ भिम पौडेल, स्वास्थ्यतर्फ डा. अवधेश तिवारी, शिक्षातर्फ आनन्दमान सिंह शाक्य, प्राविधिक शिक्षा तर्फ संस्थागत कोरिया नेपाल प्राविधिक शिक्षालयका प्रिन्सिपल, पर्यटन तर्फ महेन्द्र थापा र उद्योग÷औद्योगिक क्षेत्र प्रवद्र्धनतर्फ रत्नहरी गौतमलाई परामर्शदाता चयन गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी दिनुभयो ।

सोही बैठकले संघभित्र २७ वटा बिभिन्न आन्तरिक समिति समेत गठन गरेको छ । बैठकले संघबाट प्रतिनीधित्व गर्ने बिभिन्न संघसंस्थाहरुमा प्रतिनीधि समेत चयन गर्नुको साथै अनुमोदन गरिएको छ । बुटवल उद्योग बाणिज्य संघको पहलमा स्थापित लुम्बिनी बाणिज्य क्याम्पसको सञ्चालक र परिषदमा संघका अध्यक्ष पदेन सदस्य हुने व्यबस्था अनुसार अध्यक्ष उज्ज्वलप्रसाद कसजू, त्यस्तैगरी परिषद सदस्यमा सल्लाहकार सुरेन्द्रप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ लाई पठाउने निर्णय भएको छ । त्यस्तै बिटिआईमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा अध्यक्ष पदेन उपाध्यक्ष हुने व्यबस्था अनुसार अध्यक्ष कसजूको नाम बैठकले अनुमोदन गरेको हो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकारहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठले शुभकामना सहित सुझावहरु राख्नुभएको थियो । त्यस्तैगरी वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई, कोषाध्यक्ष नविन श्रेष्ठ, सचिव मुक्ति अधिकारी तथा सदस्यहरुले महिना भरी भएगरेका कार्य विवरण प्रस्तुत गर्नुभएको थियो ।

 

प्रकाशित मिति : सोमबार, बैशाख ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij