रुसमा आगलागी, दश जनाको मृत्यु

रुसमा आगलागी, दश जनाको मृत्यु

मस्को । रुसका विभिन्न शहरमा घरमा भएका आगलागीमा परेर छ बालबालिका सहित दश जनाको मृत्यु भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

उराल पर्वतको दक्षिणी क्षेत्रमा अवस्थित बास्कोरटोस्टानमा घरमा भएको आगलागीबाट तीन जना साना बालबालिकाको मृत्यु भएको छ । घरमा एक्लै छाडिएका ती बालबच्चा दुई र चार वर्षका थिए ।

इन्टरफ्याक्स समाचार संस्थाका अनुसार दक्षिणी साराटोभ क्षेत्रको क्रास्नी कुट गाउँमा आइतबार घरमा आगो लाग्दा दुई बच्चाको मृत्यु भएको छ ।

त्यस्तै, काजानमा पनि दुई वयस्क पुरुष र एक बच्चाको घरमा भएको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । रिया नोभोस्ती समाचार संस्थाले मस्कोको पेरेसभेटमा आइतबार भएको आगलागीमा दुई पुरुष र तीन बालबच्चा घाइते भएको जनाएको छ ।

भ्रष्टाचारका कारण रुसमा आगलागी सुरक्षा नियमहरु राम्रोसँग पालना नहुने समस्या रहेको बताइन्छ ।

गत मार्चमा केमेरोभोको एउटा सपिङ सेन्टरमा आगलागी हुँदा ६४ जनाको ज्यान गएको थियो, जसमा ४१ जना बालबालिका थिए । उक्त घटनापछि सरकारले रुसका सबै सपिङ सेन्टर र अरु सांस्कृतिक तथा मनोरञ्जन स्थलहरुमा आगलागी सुरक्षा नियमहरु पूरा गरे नगरेको जाँच गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : आइतबार, पुष १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij