काठमाडौँ । कीर्तिमानी ओलम्पियन पौडीबाज गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।
गौरिकालाई प्रभावशाली युवामा समावेश गर्दै फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह ९ वर्षको उमेरदेखि पौडी खेलमा छिन् । १२ वर्षदेखि नेपालका लागि खेलिरहेकी छिन् । दक्षिण एसियाली खेलकुद (साग)मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितिन् । सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीका रुपमा प्रतिस्पर्धा गरिन् ।’
डेढ वर्षअघि नेपालमै भएको १३ औँ साग खेलकुदमा गौरिकाले कीर्तिमानी उपलब्धि हात पारेकी थिइन्। उनी नेपालका लागि पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी हुन् । गौरिका माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत पनि हुन् ।
प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्