काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने मंगलबार तेजावी सुन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै चाँदी पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्