ओलीका कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो : देउवा

ओलीका कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो : देउवा

काठमाडौं – नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्रमण कम भएको ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको उल्लेख गरिएको छ ।

देउवाले कोरोनाको संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाइ निषेधाज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न आवश्यक कामहरु गर्न आग्रह गर्दै सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij