बुटवल-सामाजिक सेवामा समर्पित हुँदै आएको रुपन्देहीको तिलोत्तमा स्थित रोटरी क्लब अफ रुपन्देहीले सन् २०२० को ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ बाट पत्रकार सञ्जु पौडेलाई पुरस्कृत गरिने भएको छ । क्लबका वर्तमान अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गिय हजुरबुवा–हजुरआमाको स्मृतिमा यसै वर्ष सन् २०२००बाट स्थापित पुरस्कारबाट पौडेललाई पुरस्कृत गरिने क्लबका अध्यक्ष भुसालले बताए । उनले भने – “म आफै पनि १० वर्षदेखि सञ्चार क्षेत्रमा काम गरिरहेको छु, हरेक संघ सस्थाका क्रियाकलापलाई पत्रकारले बजारमा ल्याउने भएकोले यो पुरस्कार स्थापना गरेको हु । मेरो कार्यकालमा स्थापना गर्ने लक्ष्य थियो, आगामी वर्षमा पनि निरन्तर अगाडि बढ्नेछ । ”
रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले स्थापित यस पुरस्कार पत्रकारिताबाट समाज परिवर्तन र विकासमा पुर्याएको योग्दानको उच्च मूल्यांकन गर्दै नगद रु ५ हजार ५ सय ५५ ,सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत तथा सम्मान गरिने पुरस्कार छनोट समिती संयोजक बिष्णु पौडेलले जानकारी दिए । हरेक वर्ष ‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा प्रदान गरिने यस पुरस्कार यस वर्ष भने कोरोना संक्रमणका कारण सिर्जित निषेद्याज्ञा र असहज परिस्थितिका कारण अर्को सूचनापछि प्रदान गरिने क्लब अध्यक्ष भुसालले जानकारी दिए ।पौडेल कान्तिपुर दैनिक रुपन्देही सम्बाददाता हुन ।
प्रकाशित मिति : सोमबार, बैशाख २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्