बुटवल-कोरोनाले जनजीवन आहत बन्दा पनि सरकारले वेवास्ता गरेको भन्दै नेपाली कांग्रेस बुटवल नगर समितिले ध्यानाकर्षण गराएको छ।
बिहीबार विज्ञप्ती जारी गर्दै नगर सभापति खेलराज पाण्डेयले असहज अवस्थामा जनताको जिउ जोगाउनको साटो सरकार आफ्नै ध्याउन्नमा लागेको भन्दै आलोचना गरेकाछन् । बिरामीलाई अस्पताल पुर्याउन पाइदैन, पुर्याए पनि वेड पाउन गार्हो छ, वेड पाइहाले पनि प्रभावकारी उपचार छैन,स्थिति गम्भीर छ’ विज्ञप्तिमा भनिएको छ, ‘ स्थानीय,प्रदेश र केन्द्र सरकार संकट समाधान गर्दै जनताको प्राण बचाउने भन्दा पनि आआफ्नै ध्याउन्नमा छन् ।’
संकट समाधानमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै पार्टी पंक्तिलाई सहयोगमा जुट्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ । बुटवलमा केही दिन देखि अक्सिजन र वेड अभावका समाचार आइरहेकाछन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्