थप ९१९६ जनामा कोरोना‚ ७९ को मृत्यु‚ २९०५ कोरोनामुक्त

थप ९१९६ जनामा कोरोना‚ ७९ को मृत्यु‚ २९०५ कोरोनामुक्त

काठमाडौं – नेपालमा शुक्रबार थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको १९ हजार ९ सय ८७ पिसिआर परीक्षणका क्रममा ९ हजार २३ जना र ४ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ७७ हजार ६ सय ३ पुगेको छ । त्यस्तै थप ५० संक्रमितको कोरोनाका कारण ज्यान गएको छ भने हालसम्म तीन हजार पाँच सय ७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप दुई हजार ९०५ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ९५ हजार ३ सय ९५ जना कोरोनामुक्त भएका छन् ।

हाल ७८ हजार ६ सय २९ सक्रिय संक्रमित आइसोलेसन र ३८० क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ७६ हजार ६ सय ३ वटा पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij