अक्सिजन सिलिन्डर फिर्ता गर्न बुटवल उवासंघको आग्रह

अक्सिजन सिलिन्डर फिर्ता गर्न बुटवल उवासंघको आग्रह

 

बुटवल-कोभिड संक्रमित बिरामीलाई अक्सिजनको अभाव भएपछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले उद्योगहरुमा स्टक अक्सिजन तत्कालको लागि फिर्ता गर्न उद्योगीहरुसंग आग्रह गरेको छ । कोरोना संक्रमित बिरामीको संख्या दिनानुदिन थपिँदै जाँदा अस्पतालहरुमा अक्सिजनको अभाव भएको औंल्याउँदै उद्योग, व्यबसायमा रहेका खाली तथा भरेका अक्सिजन सिलिन्डर बुटवल उद्योग बाणिज्य संघमा वा बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंकमा जम्मा गरेर सहयोग गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विज्ञप्ती जारी गरेर कोरोना भाईरस महामारीको विषम परिस्थितीमा संक्रमित बिरामीको जीवन रक्षाको योगदान गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij