तिलोत्तमा-तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकाको आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा अक्सिजन अभाव हुन नदिने उद्देश्यले १०० थान अक्सिजन सिलिण्डर भर्नका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
चेम्बरका अध्यक्षले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।
चेम्बरका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको टिम जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । साथै सबैमा सहयोगको लागि उनले अपिल समेत गरेका छन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आ–आफ्नो क्षेत्रबाट चेम्बरले जस्तै सहयोगका लागि सम्पूणलाई आग्रह गरे ।
चेक हस्तान्तरण कार्यक्रममा उपस्थित अध्यक्ष बाबुलाल भुसाल, प्रथम उपाध्यक्ष रामचन्द्र पान्डेय, द्वितीय उपाध्यक्ष नेत्र प्रसाद न्यौपाने, सचिव मान बहादुर बर्मा, कार्यालय प्रमुख रामु सापकोटाको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्