काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघिय सरकारलाई प्राप्त सिलिन्डर सातै प्रदेशमा पठाइने बताएको छ ।
चीन, ओमानलगायतका देशबाट अक्सिजन सिलिन्डर प्राप्त हुने क्रम जारी रहेको भन्दै मन्त्रालयले प्राप्त सिलिन्डरलाई सातै प्रदेशमा पठाइने जानकारी गराएको हो ।
आज मन्त्रालयमा आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीन सरकारले अनुदानमा दिएको २० हजार खाली सिलिन्डर आजै काठमाडौं आइपुग्ने पनि बताए ।
१८ हजार सिलिन्डर तातोपानी नाका हुदै र बाँकी सिलिण्डर हवाइ मार्गबाट ल्याइदै छ । प्रवक्ता गौतमकाअनुसार गैरआवासीय नेपाली संघले मध्यपुर्वका राष्ट्रहरुको समन्वय परिषद र नेपाली राजदुतावास मस्कट ओमानसँगको सहकार्यमा ५६० ओटा अक्सिजन सिलिन्डर आजै मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्