बुटवल । बुटवल–११, देविनगरमा अवस्थीत तिनाउ इ.बो. स्कुल ले तिनाउ जनचेतना क्लवको आयोजनामा देशमा विधमान नारी हिशां विरुद जनचेतना ¥याली सम्पन्न गरेको छ ।
विद्यालयको प्राङगण बुटवल–११ देविनगर बाट सुरु भएको ¥यालीमा झन्डै ५०० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका सुपारिटेन्डेन्ट ईश्वरी प्रसाद पाण्डे, तिनाउ सचेतना क्लवका संयोजक शिक्षक नारायण ज्ञवाली, विद्यालयका सहप्रचार्य सुर्य प्रसाद पाण्डे, संयोजक बाबुराम सुवेदी, तिनाउ आर्ट क्लवकी ईन्चार्ज सानु पौड्याल, शिक्षक राजेन्द्र भटराई, नारायण पोख्रेल लगायत थुप्रै शिक्षकहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमको उदघाटन विद्यालयका अध्यक्षय यज्ञमुर्ती पाण्डे, विद्यालयकी प्राचार्य सीता पाण्डे र तिनाउ सचेतना क्लवका अध्यक्षय अनुप जी.आरले गरेका थिए ।
बुटवल–११, देविनगर विद्यालयको प्राङ्गण बाट सुरु भएको उक्त ¥याली बुटवल देविनगर,प्रगितिनगर,होराइजन चोक ,कालिका नगर, राजमार्ग चौराहा,मिलनचोक, ट्राफिक चोक, नेपालगंज रोड, बस पार्क, ईट्टाभट्टी, माझगाउ हुदै पुन विद्यालयमा आएर समापन भएको थियो।
बिभिन्न नारी हिशां सम्बन्धी नाराहरु सहितको उक्त ¥यालीमा प्रत्येक विद्यार्थीहरुको हातमा नारी हिशां सम्बन्धी नाराहरु पम्प्लेट,ब्यानर सहित नारी हिशां अन्त्य गरौ, महिला पुरुष समान हुन, निर्मलाको लागि न्याय, महिला अधिकारको सम्मान गरौ, लैङ्गिक समानता, नेपाल आमाको रक्षा गरौ, बलत्कारीलाई कडा भन्दा कडा कारबाही गरौ जस्ता नाराहरु सहितका पमप्लेट हातमा देखाउदै ¥यालीमा उत्रिएका थिए ।
उक्त र्याुलीको समापन गर्दै विद्यालयका अध्यक्षय यज्ञमुर्ती पाण्डेले बोल्दै विद्यालयले यस्ता जनचेताना मुलक कृयाकलापहरु निरन्तर रुपमा गर्दै आएको र आगामि दिनहरुमा पनि यस्ता जनचेतना मुलक कृयाकलापहुरलाई निरन्तरता दिने प्रतिबद्घता ब्याक्त गरेका थिए भने विद्यालयकी प्राचार्य सीता पाण्डेले यस्ता नारीहिशां सम्बन्धी कुनै पनि गतिबिधिहरुमा सम्लग्न दोसिहरुलाई छिटोभन्दा छिटो पत्ता लगाइ कडा रुपमा कार्र्वा्हि गर्नु पर्नेमा जोडदिनु भएको थियो भने विद्यालयका नेपाली शिक्षक विष्णु भण्डारीले नारिहिशांको विषयमा प्रकास पारेको जानकारी सुपारिटेन्डेन्ट ईश्वरी प्रसाद पाण्डेले दिए।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्