काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।
त्यस्तै मंगलबार देशभर थप ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनामा गरिएको परीक्षणमा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै थप १९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ हजार ४११ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ । हाल देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्