काठमाडौं । सरकारको विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका शीर्ष नेताको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेपछि सभापति देउवाले प्रधानमन्त्रीको दाबी पेश गरेको माओवादी नेता लीलामणि पोखरेलले जानकारी दिए ।
१४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको उनले बताए ।
देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदमा नेकपा एमाले माधव समूहका पनि २७ जना सांसदसमेत रहेका छन् । त्यसैगरी जसपाका यादव-बाबुराम पक्षका १३ सांसदले हस्ताक्षर गरेका छन् ।
१४९ हस्ताक्षरसहित देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव शीतलनिवास पुगेका छन् ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्