चकलेट दिने बहानामा ७ वर्षीया बालिकाको बलात्कार

चकलेट दिने बहानामा ७ वर्षीया बालिकाको बलात्कार

धनुषा । गणेशमान चारनाथ नगरपालिका ५ सढियामा सात वर्षीया बालिकामाथि बलात्कार भएको छ । घरमै रहेकी बालिकालाई सोमबार राति १० बजे स्थानीय २५ वर्षका रोशन बस्नेतले चकलेट दिने बहानामा घरबाट पर उखुघारीमा लागि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालत्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार बलात्कार गर्ने युवक बस्नेतलाई राति नै पक्राउ गरी मेडिकल परीक्षणको लागि बालिकासँगै धरान पठाइएको छ ।

यसरी भयो घटना
स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन हनुहुन्छ । राति जाँड खाएर मातेका बस्नेत आफ्नो दाई विदेशबाट चकलेट ल्याइदिएको र चकलेट दिन आएको भन्दै बालिकाको घरको ढोका खोल्न लगाएका थिए । त्यसपछि बालिकालाई लिएर उनले पर उखुघारीमा लगेर बलात्कार गरेका थिए ।

बालिकाकी आमा बस्नेतलाई आवाजले चिनेकी थिइन् । छोरी बेपत्ता भएपछि बालिकाकी आमाले गाउँलेलाई गुहारेकी थिइन् ।

समाजले तत्कालै प्रहरीलाई खबर गरेका थिए । उखुघारीमा बालिका रगताम्य तथा गम्भीर अवस्थामा निर्वस्त्र फेला परेकी थिइन् । प्रहरीका अनुसार तत्कालै बस्नेतलाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij