काठमाडौं : देशभर गत २४ घण्टामा ८ हजार ६ सय ३६ कोरोना संक्रमित थपिएका छन्।
२२ हजार ३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ३ सय ८७ र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमध्ये १ लाख ८ हजार ४ सय २८ जना होम आइसोलेसन र ८ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा छन्। सक्रिय संक्रमितमध्ये १ हजार ६ सय ७२ जना आइसियुमा छन्।
ती मध्ये ४ सय ४७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाले १ सय ६९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाकै कारण मृत्यु हुनेको कूल संख्या ६ हजार ७ सय पुगेको छ। गत २४ घण्टामा ६ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्