काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सर्वोच्च अदालतले न्याय गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अदालत जानुपरेको र सर्वोच्चले न्याय दिने आशा र विश्वास रहेको उनको भनाइ छ ।
स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियनले गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने— ‘संविधानमाथि बलात्कार भएको छ । हस्तक्षेप भएको छ । यो सरकारले संविधानको बर्खिलापमा काम गरेको छ । हामी त्यही कदमलाई सच्याएर संविधानको बाटोमा देशलाई हिडाउने प्रयत्न गरिरहेका छौँ ।’
कोभिडका कारण जोखिम बढेकाले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सडक आन्दोलनमा जान नसकिएको उनको भनाइ छ । ‘साथीहरु सडकमा जाऔँ, आन्दोलन गरौँ भनिरहेका छन्, मैले रोकेर राखेको छु, यस्तो बेला जनताको जिउ ज्यानलाई जोखिममा पानुहुँदैन । जनताको जीवन ठूलो कुरा हो । जीवन रक्षा पहिलो कुरा हो,’ देउवाले भने ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्