काठमाडौं : देशभर गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्।
पिसिआर विधिबाट चार हजार पाँच सय २४ र एन्टिजेन बिधिबाट सात सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए। तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् ।
भक्तपुरमा १ सय ८१,ललितपुरमा ३ सय ६ र काठमाडौंमा ९ सय ६९ गरी कूल १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यही अवधिमा १ सय १ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्