काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस आप्रवासन विभागले ६७ औ अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकहरुको सम्झनामा मण्डलामा दिप प्रज्वलन गरेका छन् ।
दिप प्रज्वलन गर्दै ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले लाखौं युवाले विदेशी भुमिमा रगत र पसिना बगाई पठाइएको रेमिटेन्समा सरकार मोजमस्ती गरिरहेको बताए।
विदेशी भुमिमा अधिकार विहिन भई आधुनिक मानव दासकै रुपमा काम गर्न बाध्य श्रमिकहरुको मानव अधिकारबारे राज्य गम्भीर हुनु पर्ने विचार राख्दै प्रवासी नेपाली युवा श्रमिकहरुको रगत र पसिनाको सम्मानको लागी कार्यस्थलबाटै मतदान गर्न पाउनु पर्ने बताए ।
डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुप मनाइदै आएको छ ।
कार्यक्रम ट्रेड युनियन कांग्रेस आप्रवासन विभागका संयोजक जनकराज पाण्डेको अध्यक्षयता र निर्माण सम्बद्ध श्रमिक संघ को व्यवस्थापनमा सम्पन्न भएको केन्द्रीय सदस्य तथा प्रचार प्रसार विभाग संयोजक बलदेव तामाङले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, पुष ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्