काठमाडौं । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको अर्को समूूह (खनाल–नेपाल)ले बोलाएको बैठकमा नजान पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
खनाल–नेपाल समूहले आज विहान ११ आफ्नो पक्षका केन्द्रीय कमिटीका सदस्यसँग छलफल गर्ने भन्दै बैठक बोलाएपछि कार्यालय सचिब तामाङले विज्ञप्तिमार्फत यस्तो अपिल गरेका हुन् ।
‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने पार्टीको वैधानिक व्यवस्था रहेकोमा पार्टीले कारवाही गरेका केहि अनधिकृत व्यक्तिहरुले नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बोलाएको भन्ने सुचना आएको छ, त्यस्ता क्रियाकलापको निन्दा र भत्सना गर्दछुु ।’ विज्ञप्तिमा भनिएको छ ।
‘पार्टी केन्द्रीय सदस्यहरुलाई पार्टीको विधान र मुलुकको कानूनविपरितका क्रियाकलापमा सहभागि नहुन आग्रह गर्दछु ।’ तामाङले भनेका छन्।
हेर्नुुहोस् विज्ञप्ति

यसअघि हिजो दिउँसो ४ बजेका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक सोहि समयमा आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा बस्ने छ । गत मंगलबारको बैठकले एकताका लागि अतिकतम पहल गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्