अब कसरी अगाडि बढ्ने ? रणनीति बनाउँदै नेपाल समूह

अब कसरी अगाडि बढ्ने ? रणनीति बनाउँदै नेपाल समूह

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको कारबाहीमा परेको नेता झलनाथ खनाल र मावधकुमार नेपाल समूहले छलफल जारी राखेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा गरेपछि नेताहरु निरन्तर छलफलमा रहेका हुन् ।

अब आगामी राजनीतिक यात्रा कसरी अघि बढाउने भन्ने विषयमा दैनिकजसो छलफल चलिरहेको हो । बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक राखेका खनाल-नेपालले आज जिल्लामा रहेका समानान्तर समितिका पदाधिकारीसँग छलफल गर्दैछन् । पार्टीमा तीव्र मतभेद भएपछि बनाएको समानान्तर कमिटीसँग राजनीतिक भविष्यको विषयमा परामर्श गरिने भएको हो ।

भर्चुअलमाध्यमबाट हुने छलफलमा सबै जिल्लाका खनाल-नेपाल पक्षीय पदाधिकारी सहभागी हुँदैछन् । एमालेबाट निकालिएका नेपालसहितका केही पदाधिकारीहरु नयाँ पार्टी खोल्नु पर्ने बताइरहेका छन् । तर, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई संस्थापन पक्षसँग एकताका लागि वार्तामा रहेकाले सम्भव भएसम्म एकता गरेर अघि बढ्नु पर्नेमा छन् ।

समानान्तर समितिका पदाधिकारीसँगको छलफलपछि स्थायी समिति बैठक पनि बस्ने भएको छ । दिउँसो १ बजे भर्चुअल माध्यमबाटै बैठक बस्ने भएको हो । एमालेलाई एकतावद्ध बनाउनका लागि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने अडान राखेर औपचारिक तथा अनौपचारिक वार्तामा होमिएको खनाल-नेपाल समूहले सहमतिको सम्भावना भने देखेको छैन ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij