रुपन्देहीमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि,२३२ जना संक्रमित निको

रुपन्देहीमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि,२३२ जना संक्रमित निको

बुटवल । रुपन्देहीमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २४८ जनाको कोरोना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा १४ जना, तिलोत्तमा नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा र कञ्चन गाउँपालिकामा ६/६ जना, ओमसतिया गाउँपालिकामा ४ जना, सियारी गाउँपालिकामा ३ जना, मायादेवी गाउँपालिकामा २ जना, कोटहिमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ३४ पुगेको छ । हाल जिल्लामा १ हजार ४१७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार १७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४४७ पुगेको छ

प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij