चौबीस घण्टामा ५,७६८ डिस्चार्ज, ४,३४४ जनामा संक्रमण पुष्टि

चौबीस घण्टामा ५,७६८ डिस्चार्ज, ४,३४४ जनामा संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो चाैबीस घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा हाल ७४७ क्‍वारेन्टिनमा रहेका छन् । हालसम्म नेपालमा ३१ लाख ६७ हजार १२९ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij