व्यवसायीलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारसंग माग

व्यवसायीलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारसंग माग

बुटवल -कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका लागि उपलब्ध गराएका होटल व्यवसायीहरु पनि कोभिडको फन्ट लाईनमा रहेकाले उनिहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठलाई विहिवार भेटी होटल व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन । सरकारले कोरोना संक्रमण रोकथामको लागि खोप नै सबै भन्दा उपयुक्त विधीका रुपमा लिएको र खोपको उपलब्धता नभयकाले समस्या हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले बताउनु भयो । मन्त्री श्रेष्ठले पर्यटन व्यवसायीलाई खोप उपलब्ध हुदाको समयमा प्राथमिकतामा राखेर व्यवस्था मिलाउने आस्वासन दिनु भयो ।
संघका अध्यक्ष राम प्रसाद गौतमले कोभिड १९ को संक्रमण लम्बिदै जाँदा सामाजिक तथा आर्थिक क्षेत्रमा पर्ने प्रभाव क्रमशः बढ्दै जाने मात्र नभई पर्यटन, होटल, व्यबसायी र मजदुरलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र जीर्ण भएको अर्थतन्त्र चलायमान गराउनको लागि खोपको प्राथमिकतामा राख्नुपर्नेे धारण राख्नु भयोे ।
कोरोना महामारीको संक्रमण फैलिन नदिन सरकारले गरेको निषेधाज्ञाका बिच पनि होटल व्यवसायीले निर्वाध रुपमा कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका उपलब्ध गराएको र जोखिमका बिचमा पनि काम गर्ने व्यबसायी तथा मजदुरलाई कोरोना बिरुद्धको खोपमा प्राथमिकता दिन संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले सरकारसंग माग र्नु भयोे ।
संकटको घडीमा महामारी नियन्त्रणका लागि तीनै तहका सरकारलाई होटल व्यवसायीले सहयोग गदै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि क्रियाशिल रहने संघले जनाएको छ । संघले बिहिवार नै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई भेटी कोभिड विरुद्धको खोप होटल व्यवसायीलाई उपलब्ध गराउन माग गरेको सघका महा सचिव माधव कुमार खनालले बताउनु भयो । संघमा १ हजार १ सय व्यवसायीहरुको आवद्धता रहेको छ ।

प्रकाशित मिति : बिहिबार, असार ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij