महाधिवेशनकेन्द्रित छलफलका लागि पौडेलले बोलाए छुट्टै बैठक

महाधिवेशनकेन्द्रित छलफलका लागि पौडेलले बोलाए छुट्टै बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनकेन्द्रित बैठक आह्वान गरेका छन् । नेता पौडेलले बिहीबार दियालो फुडल्याण्डमा बस्नेगरी बैठक आह्वान गरेका हुन् । पौडेलनिकट नेता गुरूराज घिमिरेले बैठकका लागि आफूलाई नेता पौडेलले खबर पठाएको बताए ।

नेता पौडेलले आगामी भदौ १६—१९मा काठमाडौंमा हुने १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । उनले आफ्नो समूहमा छलफल गरेपश्चात् मात्रै घोषणा गर्ने बताएका छन् । हालका पार्टी सभापति शेरबहादुर देउवाले शनिबारदेखि सोमबारसम्म सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन् । जसमा अधिकांश नेताहरुले विमलेन्द्र निधिलाई मनाएर देउवा नै सभापति बन्नुपर्ने बताएका थिए ।

उपसभापति निधिले पनि महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतसँग छलफल गरिसकेका छन् । महाधिवेशन नजिकिएसँगै सभापतिमा आकांक्षीहरूले सक्रियता बढाएका छन् ।

प्रकाशित मिति : बुधबार, असार ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij