बुटवल-रुपन्देही सुनचाँदी ब्यवसायी संघले सुनको आपूर्ति कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको भन्दै मंगलबार रूपनदेही सुन चाँदी व्यवसायी संघका अध्यक्ष राम किसन बिश्वकर्माको नेतृत्वमा नेपाल सुन चाँदी व्यवसायी महासंघका सल्लाहकार प्रेम सेन्चुरी, केन्द्रीय सदस्य एम। वि। बिश्वकर्मा ,लुम्बिनी प्रदेश उपाध्यक्ष विक्रम वहादुर सुनार, संघका सचिव रेवन्त बिश्वकर्मा, कोषाध्यक्ष सिताराम रसाइली लगायतको टोलीले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देही मार्फत नेपाल राष्ट्र बैंकलाई आज ज्ञापनपत्र बुझाएको हो।
संघले सुनचाँदी ब्यवसाय सहज रुपमा संचालन हुनको लागि गरगहना निर्माणको लागि आवश्यक पर्ने सुनचादीको उपलब्धता प्रयाप्त र सहज हुन जरुरी रहेको भन्दै सुनको आपुर्तिमा लागु गरिएको कोटा प्रणालीले गर्दा बजारमा उपभोक्ताले माग गरे बमोजिम सुनको अभाव भएको भन्दै सुनको आपुर्ति नहुदा सुनको कालोबजारी गर्ने गिरोहले अवसरको फाइदा उठाइरहेको बताएको छ ।कालोबजारीले ग्राहक ,व्यवसायी र राज्यलाई समेत हानि पुर्याउने भएकाले यसलाई व्यवस्थापन गर्न ,निर्मुल र निरुत्साहित पार्न उपयुक्त निती बनाइ सुनको आपुर्तिलाई बैज्ञानिक र पारदर्शी बनाउन अनुरोध गरेको छ ।
साथै संघले सबै व्यवसायीलाई आवश्यकता अनुसार सहज रुपमा सुन प्राप्त गर्नको लागि देशका सबै मुख्य सहरहरुमा रहेका बैंक मार्फत सुन उपलब्ध गराउने ब्यबस्था गर्न साथै कोटा प्रणाली अनुसार सुनको बिक्रि बितरण गर्न थाले पछि सिजनमा सुन अपर्याप्त हुने र अफ सिजनमा सुन बिक्री नहुदा बैंकमा स्टक रहने स्थितीको अन्त्यको लागि कोटा प्रणाली खारेज गरि सहज रुपले सुनको आपुर्ति हुने ब्यवस्था गर्न माग गरेको छ ।
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्