राष्ट्रिय मुक्तक दिवसमा मुक्तक वाचन

राष्ट्रिय मुक्तक दिवसमा मुक्तक वाचन

बुटवल। राष्ट्रिय मुक्तक दिवसको अवसर पारी रुपन्देहीको देवदहमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ ।

युगिन साहित्य समाज नेपालको आयोजना, अनुराग साहित्य समाज नेपाल र उज्यालो लाल्टिन प्रतिष्ठान देवदहको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञप्रसाद न्यौपाने दीपकको अध्यक्षता, मुक्तककार डा.मुरारी पराजुलीको प्रमुख आतिथ्यतामा भएको मुक्तक वाचन कार्यक्रममा देवदहका करिब एक दर्जन साहित्यक व्याक्तित्वहरुले मुक्तक वाचन गरेका थिए ।

मुक्तकमा देशको गरिबी, राजनितिक, युवा अवस्थामा हुने माया प्रेम लगायतका विषयहरुलाई साहित्यको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि मुक्तककार पराजुलीले समाज सुधारको प्रमुख पाटोको रुपमा साहित्यलाई लिएर जानुपर्ने बताउदै आउने युवापिढीहरुलाई साहित्यको बारेमा तालिम, गोष्ठि संचालन गरेर साहित्यको जगेर्ना गर्नुपर्ने सुझाव दिए ।

उनले साहित्य साहित्यमा मात्र सिमित नरहेर समाजका विकृति र विसङ्गतिको जरालाई साहित्यले उखेल्न सके साहित्यप्रति सबैको विश्वास रहने बताए ।

कार्यक्रममा कार्यक्रम संयोजक विष्णु विवश पोखरेलको संचालनमा भएको कार्यक्रममा अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुङ्गाना, सुसिल सापकोटा, गणेश न्यौपाने लगायतले बोलेका थिए ।

प्रकाशित मिति : बिहिबार, पुष ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij