बुटवल । रुपन्देहीमा पछिल्लो पटक १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार जिल्लामा उक्त अवधिमा दुई सय १ जनामा परिक्षण गरिएको थियो ।
पछिल्लो हप्तादेखि बढिरहेको संक्रमण आज विहीबार आउँदा घटेको छ । गत सोमबार देखि जिल्लामा क्रमशः २८, ३३, ४२ र ४७ जना संक्रमित थपिएका थिए ।
पछिल्लो पटक थपिएका संक्रमितहरुसँगै जिल्लामा कुल संक्रमितको संख्या तीन सय ६० पुगेको छ । विहीबार रहेका संक्रिय संक्रमितको संख्यामा केही कमी आएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या पाँच सय चार पुृगेको छ ।
हालसम्म जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ५ सय ११ पुगेको छ । तीमध्ये एक प्रतिशत सक्रिय संक्रमित रहेका छन्, दुई प्रतिशतको मृत्यु भएको छ भने बाँकी निको भइसकेका छन् ।
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्