प्रधानमन्त्रीद्वारा खोप अभियानकाे सुरूवात

प्रधानमन्त्रीद्वारा खोप अभियानकाे सुरूवात

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका-६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको सुरूवात गरेका छन् ।

उनले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको आज सुरू गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एन्ड जोन्सन’ खोप लगाउन थालिएको हो । सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले केन्द्रमा रहेका ३५० अपाङ्गता भएकालाई खोप लगाइने जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार केन्द्रमा अपाङ्गता भएका १८ वर्षभन्दा माथिका क र ख वर्गको परिचयपत्र हुनेलाई खोप लगाइने छ ।

कोही छुटेमा नगरपालिकाले सञ्चालन गरेको वडा नं ५ चामुण्डा माध्यमिक विद्यालय र वडा नं ४ को सहयोगी माध्यमिक विद्यालय केन्द्रमा गई खोप लगाउन सक्ने जनाइएको छ ।

यसैगरी आजदेखि चामुण्डा र सहयोगी मावि केन्द्रमा १८ वर्ष माथिकालाई खोप लगाउन सुरू गरिएको नगरपालिकाले जनाएको छ । खोप कार्यक्रमलाई भौतिक दूरी कायम गरी सुरक्षित तरिकाले सम्पन्न गर्न स्वयंसेवकसमेत परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : सोमबार, साउन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij