‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री

‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री

काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उहाँले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री खाँडले भन्नुभयो, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रकाशित मिति : मंगलबार, साउन ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij