वीपीको स्मृतिमा बृक्षरोपण र शालिकमा माल्यापर्ण

वीपीको स्मृतिमा बृक्षरोपण र शालिकमा माल्यापर्ण

बुटवल-नेपाली काँग्रेस रुपन्देहीले पार्टीका संस्थापक नेता, तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको स्मृतिमा बृक्षरोपण कार्यक्रम गरेको छ । बीपीको ३९ औं स्मृति दिवसको अवसरमा काँग्रेस रुपन्देहीले बुधबार तिलोत्तमा नगरपालिका वडा नं। १७ मा रहेको बीपी ग्राममा बृक्षरोपण गरेको हो । विपि ग्राममा बिभिन्न जातका बिरुवाहरु रोपीएको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापति रामचन्द्र ढकाल, सचिव रामकृष्ण खाँण लगायतले बोल्दै बीपीको सिद्धान्त र बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । संविधान सभामार्फत संविधान निर्माण गर्ने विपिको सपना पुरा भएकाले नेपाली काँग्रेसले अव संविधानको रक्षा र कार्यान्वयनको अभिभारा पनि पुरा गर्ने बताए ।
विपि स्मृती दिवशकै अबसरमा नेपाली काँग्रेस बुटवल नगर समितिको आयोजनामा विपिको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको छ । बुटवल ६ बीपी चोकमा रहेको बीपीको शालिकमा बुधबार बिहान माल्यार्पण गरीएको हो । बुटवल नगर सभापती खेलराज पाण्डेको सभापतीत्वमा भएको कार्यक्रममा महासमिति सदस्य युवराज गिरी, महासमिति सदस्य बालकुमार भण्डारीले बोल्दै बीपीको बिचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको र युगौंसम्म पनि उत्तिकै सान्दर्भिक रहने बताए। काँर्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण,क्षेत्र नं। २ का क्षेत्रीय सभापती हरि लम्साल,महासमिति सदस्य,क्षेत्रीय प्रीतनिधि सहित पार्टीका नेता कार्यकर्ताको सहभागीता थियो । नगर उपसभापती बिमलराज भट्टराइको स्वागत र सचिव भवानीप्रसाद शर्माको शञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, साउन ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij