JanataToday.com

Advertisment

SKIP THIS

सैनामैनाका उद्योगी व्यवसायीलाई खोप व्यवस्था गर्न सिडिओलाई सैनामैना उद्योग वाणिज्य संघको ध्यानाकर्षण

सैनामैनाका उद्योगी व्यवसायीलाई खोप व्यवस्था गर्न सिडिओलाई सैनामैना उद्योग वाणिज्य संघको ध्यानाकर्षण

सैनामैना
उद्योगी व्यवसायीहरुलाई कोभिड–१९ विरुद्धको खोप तत्काल व्यवस्था गर्न सैनामैना उद्योग वाणिज्य संघले माग गरेको छ ।
सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काको नेतृत्वको एक टोलीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको कार्यकक्षमै भेट गरी उद्योगी, व्यवसायी एवं श्रमिकहरुलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
सो अवसरमा संघका अध्यक्ष खड्काले कोरोना महामारीको विषम परिस्थितिमा पनि अग्रपंक्तिमा रहेर संघले सहयोग गर्दै आएको कुरा जानकारी गराउनुभएको थियो ।
उहाँले देशको अर्थतन्त्र विकासमा उद्योगी व्यवसायीहरुले उल्लेख्य योगदान गर्दै आइरहेको भए पनि व्यापारी तथा उद्योमीहरुलाई कहि कतैबाट खोपको व्यवस्थापन नभएको गुनासो गर्दै उद्योगी, व्यवसायी, कर्मचारी एवं श्रमिकहरुलाई छिटो भन्दा छिटो खोप लगाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
साथै संघमा आवद्ध सदस्यहरुको नामावली सहितको अनुरोध पत्र प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले उद्योगी व्यवसायी एवं श्रमिकहरुलाई छिटो भन्दा छिटो खोप लगाउने व्यवस्था मिलाउने आश्वासन दिएको महासचिव अधिकारीले जानकारी गराउनुभयो ।
ज्ञापनपत्र बुझाउँन संघका अध्यक्ष खड्का सहित संघका वरिष्ठ उपाध्यक्ष दिपक अधिकारी, उद्योग उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेल, वाणिज्य उपाध्यक्ष हिमाल गैरे, महासचिव लोकनाथ अधिकारी, सचिव मित्र भुषाल, संस्थापक महासचिव राम प्रसाद अधिकारी, समाजिक अभियान्ता कृष्ण प्रसाद कंडेल, पत्रकार कृष्ण भण्डारी लगायतको सहितको सहभागिता थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij