महाकालीमा युवक बेपत्ता घटनाबारे छानबिन गर्न पूर्वप्रधानमन्त्री नेपालको माग

महाकालीमा युवक बेपत्ता घटनाबारे छानबिन गर्न पूर्वप्रधानमन्त्री नेपालको माग

काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

अखिल फोर्सको भेलामा शनिबार पूर्वप्रधानमन्त्री नेपालले उक्त घटनाको नेपाल सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् । उनले भारत सरकारलाई उक्त घटनामा सहभागीलाई कारबाही गर्नका लागि पनि ध्यानाकर्षण गराएका छन् । नेता नेपालले सरकारले भारतसँग उक्त विषयमा कुरा उठाउन भनेर ध्यानाकर्षण गराएका हुन् ।

शुक्रबार महाकाली तर्ने क्रममा व्यास गाउँपालिका २ का जयसिंह धामी महाकालीमा बगेका थिए । उनी नेपालबाट भारत जाने क्रममा तुइन तर्ने क्रममा महाकालीमा बगेका हुन् । उनी तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : शनिबार, साउन १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij