JanataToday.com

Advertisment

SKIP THIS

ओभर लोड नियन्त्रणका लागि बन्द अवस्थामा रहेका धर्मकाटालाई संचालन गर्ने निर्णय

ओभर लोड नियन्त्रणका लागि बन्द अवस्थामा रहेका धर्मकाटालाई संचालन गर्ने निर्णय

बुटवल -नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको शनिवार बुटवलमा विशेष बैठक सम्पन्न भएको छ । बैठकले ओभर लोड नियन्त्रणका लागि लुम्बिनी प्रदेशमा ट्रक यातायात व्यवसायी अन्र्तगत बन्द अवस्थामा रहेका धर्मकाटालाई संचालन गर्ने निर्णय गरेको छ ।
धर्मकाटा संचालन नहुदा स्वदेशी तथा भारतीय मालवहाक सवारी साधनले ओभर लोड ढुवानी गर्दा सडकको अवस्गा जिर्ण वनेको र ओभरलोड नियन्त्रण गरि सवै व्यवसायीका सवारी साधन संचालन हुने पनि बैठकले निर्णय गरेको प्रदेश संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो ।
बैठकले सरकारले हालै समायोजना गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्वन गर्न गराउन सवै यातायात व्यसायीले सहयोग गर्न माग गरेको पश्चिमाञ्च यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेहका सल्लाहकार जित बहादुर भाटले
बताउनु भयो । प्रदेश संयोजक यम प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल, लुम्बिनी ट्रक समिति भैरहवा, वाणगंगा यातायात व्यवसायी समिति र राप्ती अंचल सम्युक्त यातायात व्यवसायी समितिकापदाधीकारी तथा प्रदेशका पदाधीकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, साउन १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij