बुटवल । मुद्रण उद्योग संघ रुपन्देहीको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेसन सम्पन्न भएको छ । शनिबार बुटवलमा एक कार्यक्रमको आयोजन गर्दै साधारणसधा सम्पन्न भएका हुन् ।
संघ अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मुद्रण ब्यवसायीहरुलाई भएका समस्याको बारेमा बोलेका थिए ।
उनीहरुले सरकारलाई निजि क्षेत्रका प्रिन्ट माध्ययमलाई पुस्तक छाप्न नदिएको प्रति गुनासो गरेका छन् ।
कार्यक्रममा बोल्दै ईन्डीएन प्रिन्टीङ प्याकेजीङका अध्यक्ष एस डि रेड्डीले नेपाल संग सहकार्य गरेर अगाडि बढ्न आफु तयार रहेको बताए । उनले नेपालका प्रिन्ट क्षेत्रका ब्यवसायीहरु मिलेर बाँच्न सकीने तरीकाले सरकारलाई दबाद दिन उनले आग्रह गरे ।
उनले नेपालमा प्रिन्टीङ तथा प्याकेजिङ सिकाउने बिद्यालय नेपालमा खोल्नको लागि पनि आफुले पहल गर्ने बताए । कार्यक्रममा बोल्दै मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कर गौतमले सरकारले निजि क्षेत्रलाई दिँईदै आएको पुस्तक छपाईको काम पनि थोरै परिणाममा झार्नुले काम गार्न गाह्रो हुँदै जाने बताए ।
कार्यक्रममा उद्योग संघ बुटवलका अध्यक्ष खिम बहादुर हमाल, रुपन्देही उद्योग संघ अध्यक्ष गणेश अधिकारी, उद्योग ब्यापार संघका उपाध्यक्ष ज्योति भण्डारी, मुद्रण उद्योग बाणिज्य संघ प्रदेश ५ अध्यक्ष दिलु तीवारी, प्रदेश ४ उपाध्यक्ष देबी प्रसाद अर्याल, केन्द्रीय सदस्य भिम सुबेदी,बरिष्ठ उपाध्यक्ष शोभाकन्त रेग्मी, पत्रकार दामोदर खनाल, निबर्तमान अध्यक्ष माधव केसी लगायतले बोल्दै मुद्रण क्षेत्रका समस्या समाधानको लागी सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित मिति : शनिबार, पुष ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्