बुटवल । थकाली सेवा समिति नेपाल बुटवलले राष्ट्रकवि भूपि शेरचनको ८३ औँ जन्मजयन्तीको अवशरमा अन्तर माध्यमिक बिद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
बुटवलका ९ वटा बिद्यालयका १६ जनाको सहभागिता रहेको कार्यक्रममा स्कलर्स होम बोर्डिङ स्कुलका महेश केसी प्रथम बनेका छन् । उनले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै दिप बोर्डिङका घनस्याम घिमिरे द्वितिय हुँदै ३ हजार, न्यु होराईजनका प्रवेश आचार्य तृतिय हुँदै २ हजार र होराईजनकै समृद्वि ज्ञवाली सान्त्वना हुँदै १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बिद्यार्थीहरुले आफै रचना गरेका कविताहरु बाचन तथा लिखित रुपमा निर्णायकहरुलाई दिईएको थियो । समितिका अध्यक्ष क्या. शिव प्रसाद शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक नेपाल तारा गौचन, संस्थापक अध्यक्ष चित्रमान गौचन, निर्णायकद्वय डा. मुरारी पराजुली, रमेश समर्थन लगायतले बोलेका थिए।
आगामि वर्षमा क्या. जयन्त तुलाचन स्मृति अक्षयकोषबाट कार्यक्रम सञ्चालन हुने अध्यक्ष शेरचनले जानकारी दिए ।अक्षयकाेष प्रताप तुलाचनले ३ लाख रुपैयाँसहित स्थापना गरेका हुन् ।
कार्यक्रममा सहभागी बिद्यार्थी तथा बिद्यालयलाई समेत प्रमाणपत्रबाट सम्मान गरिएको थियो । समितिको यहि पौष १० गते अधिवेसन हुने समितिले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, पुष ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्