आजदेखि देशभर ‘नेपाल मास्क अभियान’ सुरु

आजदेखि देशभर ‘नेपाल मास्क अभियान’ सुरु

काठमाडौं –आजदेखि देशभर ‘नेपाल मास्क अभियान’ सुरु हुँदैछ। अभियान साउन २९ गतेसम्म सञ्चालन हुनेछ। मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो।

कोरोना महामारीको जोखिम कायमै रहेकाले सबै नागरिकमा मास्क लगाइ नागरिकको व्यवहार परिवर्तन गर्न अभियान चलाइएको मन्त्रालयले जनाएको छ। यस अवधिमा कोरोना रोकथाम तथा निन्त्रणमा नागरिकलाई जिम्मेवार बनाउने‚ मास्क प्रयोगको महत्त्व बझाउने राष्ट्रिय स्वास्थ्य शिक्षा‚ सूचना तथा सञ्चाल केन्द्रकी निर्देशक डा. राधिका थपलियाले बताइन्।

अभियानका लागि ‘म पनि मास्क लगाउँछु‚ अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा तय गरिएको छ।

 

प्रकाशित मिति : शनिबार, साउन २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij