काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल ¥याली निकालेको छ ।
बिजुली बजारदेखि शुरु भएको उक्त ¥याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो ।
मानवअधिकारकर्मी कपिल श्रेष्ठले ¥यालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सहअस्तित्वलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
उनले नेपालले विश्वव्यापी मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले सबै धर्मावलम्बीलाई समान व्यवहार गर्नुपर्ने बताए ।
महासङ्घका अध्यक्ष सिबी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा त्यसको प्रचारप्रसारका लागि ¥याली गरिएको बताए ।
उनले सरकारले वर्षमा एक दिन सो समुदायलाई सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।
दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ ।
देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ ।
सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ ।
उक्त ¥यालीमा करीब ४०० को सहभागिता थियो । रासस
प्रकाशित मिति : आइतबार, पुष ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्