काठमाडौं : देशभरि पछिल्लो समय १७ हजार ६ सय ५४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट शुक्रबार २६ जनाको मृत्यु भएको छ।
योसँगै मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २ हजार २ सय ४४ जना कोरोनामुक्त भएका छन्।
काठमाडौंमा ६ सय ४, भक्तपुरमा १ सय ७ र ललितपुर जिल्लामा १ सय ८७ जना गरी उपत्यकाभित्र कुल ८ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्