सिरियाका इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त गर्छ – ट्रम्प

सिरियाका इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त गर्छ – ट्रम्प

वासिङटन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, “टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकू छन् उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाउनुभएको छ ।”

इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध समाप्त समेत नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर देशभित्र र बाहिर उहाँको तिब्र आलोचना भइरहेको छ ।

ट्रम्पले ट्वीटमा अगाडि भनेका छन् , “एर्डोगान यो विषय सुल्झाउन सक्षम व्यक्तित्व हुनुहुन्छ ।”

दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ । सिरियामा तैनाथ अमेरिकी सेनाले आइएस विरुद्ध बहुराष्ट्रिय सङ्घर्षमा मद्दत गरेको थियो ।

विवादकै बीच ट्रम्पले लेखेको ट्वीटमा भन्नुभएको छ, “हाम्रो सैनिक बल घरफिर्ता हुँदैछ ।” रासस/एएफपी

प्रकाशित मिति : सोमबार, पुष ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij