काठमाडौं – नेपालमा शनिबार थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७ सय ५३ पीसीआर परीक्षणका क्रममा १ हजार २४ र ३ हजार १ सय २२ वटा पीसीआर परीक्षणका क्रममा २ सय ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५३ हजार २ सय ३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ८ सय १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ हजार १ सय ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २५ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३१ हजार ८ सय २६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ७४ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा ३९ लाख ५२ हजार ९ सय ४२ वटा पिसिआर र ४ लाख ८४ हजार ९ सय ४३ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्