चौबीस घण्टामा १,४७८ संक्रमित थपिए, १, ६३० जना डिस्चार्ज

चौबीस घण्टामा १,४७८ संक्रमित थपिए, १, ६३० जना डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरका अस्पतालहरुमा ११ हजार ६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २५१ र २ हजार ८६३ जनाको एन्टीजेन परीक्षण गर्दा २२७ जना गरी कुल १ हजार ४७८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८७ हजार ८२८ र एन्टीजेन विधिबाट ८९ हजार ६०९ पुगेको स्वासथ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार ६३० जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९५ दशमलव ९ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, असोज ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij