नेपाली काँग्रेसको महाधिवेशन: तिलोत्तमामा हरीलाल पाण्डेको प्यानल घोषणा

नेपाली काँग्रेसको महाधिवेशन: तिलोत्तमामा हरीलाल पाण्डेको प्यानल घोषणा

तिलोत्तमा

तिलोत्तमा नगरपालिकामा काँग्रेसको नगर अधिवेशनकालागि हरीलाल पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ । पाण्डेको नेतृत्वको प्यानलमा उपसभापती कल्याण पौडेल र माया चौधरी,सचिवमा हुमलाल पौडेल र प्रदिप थापा तथा सहसचिवमा रमेश पराजुली र दीपक थापाको उम्मेदवारी घोषणा भएको हो ।
सभापतीका उमेदवार पाण्डे नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका मौजुदा सभापती हुनुहुन्छ । सभापतीका उम्देवार पाण्डेले पार्टीलाइ थप गतिशील,बिस्तार र सुदृढिकरण गर्दे लैजाने, भातृ, भगीनी तथा सुवेक्षुक संस्थाहरुलाइ प्रोत्साहन गर्दै उर्जाशिल बनाउने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै उर्जावान युवा जनशक्तिलाइ स्वारोजगारमुलक गतिविधिमा लाग्ने वातावरण सृजना गर्ने,नगरको विकास,स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा एकजुट भइ नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ बिजयी गराउन महत्वपूर्ण भुमिका खैल्ने, ६÷६ महिनामा क्रियाशील भेला गर्ने,काँग्रेसको विधान अनुरुप हरेक वडामा गठन गरीएको टोल समितिलाइ गतिशिल र चलायमान बनाउन रचनात्मक कार्यक्रम ल्याउने लगाएतका प्रतिवद्धता पाण्डे नेतृत्वको प्यानलले गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा स्वच्छ प्रतिश्पर्धा मार्फत शसक्त नेतृत्व छनौट हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रम नगर सचिव शिव गैह्रेको संचालनमा भएको हो ।

प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij