बुटवलका नगरसभापति पाण्डे भन्छन: बुटवलमा नेपाली काँग्रेसलाइ पहिलो पार्टी बनाउँछु

बुटवलका नगरसभापति पाण्डे भन्छन: बुटवलमा नेपाली काँग्रेसलाइ पहिलो पार्टी बनाउँछु

बुटवल
नेपाली कांग्रेस बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डेयले बुटवलमा अब काँग्रेस नै पहिलो पार्टी बन्ने दावी गरेका छन । शनिबार सम्पन्न नगर अधिवेशनबाट निर्वाचित नगरसमितिको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै सभापती पाण्डेले नेपाली काँग्रेस भित्र एकजुट भइ बुटवलमा काँग्रेसलाइ पहिलो पर्टी बनाएर छाड्ने प्रतिबद्धता गरेका हुन ।
शनिबार सम्पन्न अधिवेशनमा मैत्रीपूर्ण रुपमा चुनाव जितेको भन्दै उनले आफनो जित सबैको जित भएकाले आगामी दिनमा एकताबद्ध भएर अगाडी बढ्ने बताए । ‘ ‘हामी बीच मैत्रीपूर्ण चुनाव भएको हो, मेरो जीतमा सबैको साथ र सहयोग छ,त्यसैले यो जित मेरो मात्रै होइन समग्र काँग्रेसको जित हो’ पाण्डेले भने । निर्वाचनमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिदै उनले लोकतान्त्रिक पार्टीमा निर्वाचन हुनु र र निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया भएकाले सबैलाइ समेटेर अगाडी बढ्ने बताए ।
‘अव बुटवलमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्ने उनले बताए । वडा देखि पालिका,प्रदेश र संघ सम्मै नेपाली काँग्रेसलाइ जिताउदै काँग्रेसलाइ बलियो र जनजनको पार्टी बनाउनु आफनो कतब्र्य दायित्व भएको नगरसभापती पाण्डेले बताए । उनले बुटवल उपमहानगरपालिकाका हरेक गतबिधिमा उच्च निगरानी गरी नगरबासीका हरेक समस्यामा उचित सम्बोधन गर्ने बताए

प्रकाशित मिति : आइतबार, असोज १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij