काठमाडौं । बिहीबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिमसहित पहाडी भूभागको मौसम आशिंक बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
उनका अनुसार बिहीबार पहाडी भूभागको मौसम खुल्ने संभावना कम छ । यस्तै, पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्नुका साथै उच्च हिमाली भेगमा हिमपात हुने उनको अनुमान छ ।
आजै बेलुकीदेखि नै मौसममा सुधार आउने भए पनि दिउँसो पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना नरहेको मौसमविद् प्रधानाङ्गले बताए ।
बुधबार १ दशमलव ५ डिग्रीमा झरेको काठमाडौंको न्युनतम तापक्रम आज ६ दशमलव २ डिग्री पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्