दाङ । दाङ जिल्ला अन्तर्गतको नेपाल–भारत सीमा क्षेत्रमा रहेका १६ वटा सीमा स्तम्भ मर्मत गर्न बाँकी रहेको छ ।
मुख्य सीमा स्तम्भ ११ र सहायक ५ गरी १६ वटा सीमा स्तम्भ मर्मत गर्न बाँकी छ । जसमध्ये ४८ नम्बरको सीमा स्तम्भ खबरी खोलाले बगाएका कारण त्यहाँ नयाँ सीमा स्तम्भ निर्माण गर्नुपर्ने छ । दाङमा ७७ वटा सीमा स्तम्भ छन् ।
३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भ छन् । खोलाले बगाएको सीमा स्तम्भ यसैवर्ष निर्माण गरिने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
जोड नम्बरको सीमा स्तम्भ भारतले र बिजोड नम्बरको सीमा स्तम्भ नेपालले मर्मत गर्नुपर्ने सम्झौता भएको छ । सोही बमोजिम सीमा स्तम्भ मर्मतको काम चलिहरको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
यसैगरी दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सीमा सुरक्षा कार्यालय अर्जुनखोलाका प्रमुख एपसी तुलसिराम दाहाल, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख टेकराज तिमिल्सेना, पत्रकार शरद अधिकरी, दुर्गालाला केसी, दशरथ घिमिरेसहितको टोलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको छ ।
टोलीले सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट कोइलावासका प्रमुखसँग छलफल गरेको छ । साथै नेपाल भारत सीमा छुट्याउन मर्मत गरिएका सीमा स्तम्भको स्थलगत अवलोकन गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्