काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १७७३ नमुनामध्ये १४४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ गरी १४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। हाल देशभर १२ हजार ५९८ जना सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असोज ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्